शिक्षामा भएको लगानीको प्रतिफल पाउन स्वदेशमै युवाले काम गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वरोजगारमूलक शिक्षामा जोड दिनुहुँदै युवा पङ्तिलाई विदेशी मोह त्यागी जन्मभूमिमै सेवा गर्न आग्रह गर्नुभएको छ ।

हिजो पोखरा-१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले शिक्षामा राज्यले ठूलो लगानी गरेकोलेलगानी चुक्ता गर्न स्वदेशमै रोजगारी गर्न युवाशक्ति तयार रहनुपर्छ भन्नुभयो ।

गण्डकी प्रदेश सरकार शिक्षामा लगानी बढाउने तयारीमा रहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री पाण्डेले अहिले शिक्षा व्यवस्थापनको पाटो संघ, प्रदेश तथा स्थानीय कुन सरकारले लिने भन्नेमा अन्यौल रहेको बताउनुभयो।

शिक्षा सेवा आयोग उत्तीर्ण व्यक्तिहरुलाई शिक्षाका विविध पक्षबारे जानकारी दिने उद्देश्यले प्रदेश सरकारले १ महिने अभिमुखीकरण कक्षा संचालन गरिरहेको पनि मुख्यमन्त्री पाण्डेले अवगत गराउनुभयो ।

हालको राष्ट्रिय मावि वि.स २००६ मंसिर २० मा पब्लिक मिडिल स्कुल नामबाट स्थापित विद्यालय हो ।

पोखरास्थित नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय हालको पुरानो टुँडिखेलमा सरेको इतिहास छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.