बडिकेदार गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

डोटी – बडिकेदार गाउँपालिका डोटीको सुविधासम्पन्न प्रशासनिक भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। अहिले सुविधा सम्पन्न भवनको फिनिसिङको कामले तीव्रता पाएको हो।
काठमाडौँको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै बन्न थालेका हुन्। जनतालाई सेवा सुविधामा सरलता प्रदान गर्नका लागि अहिले स्थानीयतहमा धमाधम प्रशासनिक भवन ठडिन थालेका छन्। जसमध्ये बडिकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा प्रशासनिक भवनको निर्माण अहिले अन्तिम चरणमा पुगेको बडिकेदार गाउँपालिकाले जनाएको छ।
३ तलाको पक्कि भवनको प्राबिधिक स्टमेट भएपनि हाल लाई दुई तला मात्र निर्माण गरिएको छ । प्रशासनिक भवनको दुई तलागरि २० कोठा सहित एउटा हल पनि निर्माण भएको निर्माण कम्पनीले जनाएको छ।
२०७८ असारमा गाउँपालिकाले निमार्ण कम्पनी सनलाईट कन्स्ट्रक्सन प्रालि अछाम सगं ३ करोड ५७ लाख ४७ हजार ७ सय २८ रुपैया ९३पैसा भ्याट सहित सम्झैता गरेको थियो ।
निर्माण कम्पनीले २०७९ पुस मसान्त सम्म भवन निर्माण गरिसक्ने गरेर सम्झैता गरेको भए पनि बिबिध कारणले भवनको निर्माणमा ढिलाइ भएको र अहिले भवन निर्माण कार्य अन्तिम चरणमा रहेको निर्माण कम्पनीले जनाएको छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.