इजरायलले दक्षिणी गाजा पट्टीमा व्यापक आक्रमण गरेसंगै प्यालेस्टाइनी नागरिक सीमा शहरतर्फ जाँदै

काठमाडाैं – इजरायलले दक्षिणी गाजा पट्टीमा आक्रमण तीब्र पारेपछि दशौं हजार प्यालेस्टायनीहरु ज्यान जोगाउन रफा शहरतर्फ भागेका छन् । इजिप्ट र सिरियाको सिमानामा रहेको प्यालेस्टायनी शहर रफामा इजरायलले दक्षिणी गाजामा आक्रमण तीब्र पारेपछि सर्वसाधारण ओइरिएका हुन् ।

दक्षिणी गाजामा युद्ध शुरु भएपछि खाना, विजुली र पानीको ठूलो अभाव रहेको संवाददाताहरुले बताएका छन् । गाजामा रहेका सर्वसाधारण सुरक्षित आवासको खोजी गर्दै संयुक्त राष्ट्र संघीय विद्यालयमा पुग्ने गरेका छन् । तर त्यहाँ पनि पहिले नै ठूलो संख्यामा मानिसहरु पुगिसकेकाले बस्ने ठाउँको अभाव रहेको बताइएको छ ।

घरभित्र कुनै कोठा बाँकी नरहेकाले सर्वसाधारण सोही भवन अगाडि खुला आकाश मुनि बस्न बाध्य भएका छन् । इजरायली सेनाले खान युनिस शहरमा आक्रमणलाई केन्द्रित गरेको छ । खान युनिसका सर्वसाधारणलाई केही दिन अघि नै सो ठाउँ छोड्न निर्देशन दिइएको थियो ।

इजरायलको जवाफी कारवाहीका क्रममा गाजामा १७ हजारभन्दा बढी मानिस मारिएका छन् । मारिनेमा ७ हजारभन्दा बढी बालबालिका रहेका छन् ।

हमासले गत अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय मानिस मारिनुका साथै २ सय ४० जनालाई बन्धक बनाइएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.