देशको आर्थिक अवस्था कमजोर बन्दै गएको एकिकृत समाजवादीका अध्यक्ष नेपालको भनाई

कास्की- नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश पछिल्लो समय आर्थिक समस्यामा पर्दै गएको बताउनु भएको छ । सरकारले भ्रष्टचार लाई नियन्त्रण गरी शुसासन कायम गर्ने , देशमै रोजगारीको सृजना गर्ने र समृद्धिका लागी महत्वपूर्ण काम गर्नु पर्ने चर्चा गर्दै यि तिन कुरा लाई प्राथमिक्तामा राखेर अघि बढ्न सकेमा देश लाई माथी उठाउन सकिने बताउनु भएको हो ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीले देशभर आयोजना गरेको समादवादी जागरण अभियानका क्रममा जनतासंग प्रत्यक्ष भेटि समस्यावारे प्रत्यक्ष जानकारी लिएको बताउनुभयो ।

देशको सबै भन्दा ठुलो समस्या रोजगार रेहको र राज्यका बिभिन्न क्षेत्रमा हुने नितिगत र आर्थिक भ्रष्टचारले जरो गाडेकाले समस्या झन जटिल भएकाले सरकारले समयमै ध्यान दिनुपर्ने नेता नेपालले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.