शिवधामलगायतका धाममा हजारौंद्वारा छरियो सतविज

नुवाकोट-  वालाचतुर्दशीको अवसरमा नुवाकोटको बिभिन्न शिव मन्दिरहरुमा सतविज छर्ने मेला सम्पन्न भएको छ । विदुर नगरपालिका ५ देवीघाटमा रहेको शिवधामलगायत नुवाकोटका विभिन्न धाममा रहेका शिव मन्दिर तथा देवालयहरुमा सतविज छर्नका लागी रातभर जाग्राम वसेर हजारौं सर्वसाधारणले आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दे सोमवार विहान सतविज छरेका हुन् ।
नुवाकोटको देवीघाटस्थित शिवधाम, तारुकाको तारकेश्वर, वेत्रावति, कविलास, थानसिह, छहरेलगायतका स्थानमा रहेका शिव मन्दिरहरुमा हजारौं भक्तजनको भिड लागेको थियो । देवीघाटमा रहेको शिवधाममा यस वर्ष हजारौंले आफ्ना दिवंगत पितृहरुको सम्झनामा विदुर नगर क्षेका साथै आसपासका विभिन्न स्थान तथा रसुवा, धादिङ, काठमाडौवाट समेत सर्वसाधारण रातभर जाग्राम वसेर महाद्विप प्रज्वलन गरि सोमवार विहान शिवधाम परिसर तथा त्रिशूली नदी किनारामा सतविज छरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका अनुसार वालाचतुदर्शीको अवसरमा रातभर शिवधाममा महाद्विप प्रज्वलन गरेर विहान सतविज छर्ने सर्वसाधारण वृद्धि भएका हुन् । विदुर नपा ५ देवीघाटमा रहेको प्रसिद्ध शिवधाम, तारकेश्वर, थानापति मन्दिर परिसरमा सतविज छर्नका लागी भक्तजनको विशेष मेला लागेको स्थानीय जालपाक्षेत्र विकास समितिका अध्यक्ष मानवहादुर डंगोलको भनाई छ ।
रातभर जाग्राम वसेर सतविज छरेम आफ्ना दिवंगत पितृहरुको उद्धार हुने र वैकुण्ठ वास हुने कारण भक्तजनहरु शिव मन्दिरमा पुगेर व्रत वसि महाद्विप पनि प्रज्वलन गर्ने गरेको शिवधामका पुजारी हरिप्रसाद सापकोटाले वताए । महाद्विप प्रज्वलन गरि सतविज छर्नेहरुले सम्पुर्ण मानव कल्याण र विश्वशान्तिको कामना गरेको उनको भनाई छ ।
सर्वसाधारणले भगवना शिवको पुजाअर्चना गर्दै सतविज छरेका हुन् । शिवधामका साथै बट्टारको राम मन्दिर, वट्टार हावाघरको श्रीकृष्ण मन्दिर, दुङ्गेमा रहेको शिब मन्दिर, त्रिशूलीको राम मन्दिर, कोलोनीको शिब मन्दिरलगायतका मन्दिरहरुमा सतविज छर्नका लागी भक्तजनको भक्तजनहरुको भिड लागेको थियोे ।
शिवधाममा व्राम्हण, क्षेत्री, आदिवासी जनजाती, नेवारलगायत सवै समुदायका सर्वसाधारणले महाद्विप प्रज्वलन गरि सतविज छरेका थिए । रातभर जाग्राम वसेर विहान शिव मन्दिर तथा त्रिशूली नदीको किनारामा विभिन्न गेडागुडीको सतविज छर्ने पुरानो परम्परागत चलन कायमै रहेको स्थानीय देवीघाट जालपा क्लवका नवीन चित्रकारले वताए ।
मन्दिर परिसरमा रातभर भजनकिर्तन गरिनुका साथै तीर्थालुहरुको सुविधाको लागि उचित रुपमा सुरक्षा प्रवन्ध गरेको थियो । यसका साथै नुवाकोटको कोलोनी, कविलासका रहेको शिव मन्दिरमा सतविज छर्ने विशेष पुजाआजा सम्पन्न भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.