भरतपुर अस्पतालमा थप पाँचवटा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा शुभारम्भ

चितवन- चितवनको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु भएको छ । राजधानी काठमाडौँ उत्यिका बाहिर सबैभन्दा धेरै प्रसुती सेवा दिंदै आएको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थपि पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ को स्वास्थ्य मन्त्री मोहन बस्नेतले उद्धघाटन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै भरतपुर अस्पताल विगतमा भन्दा धेरै प्रगतिसहित गुणस्तरीय सेवा दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आम जनताको स्वास्थ्यमा गुणस्तरीय पहुँच बृद्दिकालागि बर्थिङ स्वीट्स रुम नयाँ उपलब्धि भएको बताउनुभयो ।
प्राकृतिक रुपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न बर्थिङ युनिट थप गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । एक करोड रुपैयाँ लागतमा नयाँ युनिट निर्माण गरिएको हो । हाल रहेको प्रसुति भवनको नजिकै नयाँ युनिट थप गरिएको उहाँले बताउनुभयो ।
प्रसुतिकालागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलाहरुलाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक सँगै रहने व्यवस्था गरिएको छ ।

प्रसुतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकहरुको प्राक्टिसलाई यहाँ प्रयोगमा ल्याउन लागिएको भरतपुर अस्पतालको प्रसुति विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलले बताउनुभयो । अभिभावकसँगै प्रत्येक स्वीट रुममा एक जना नर्स रहने व्यवस्थासमेत अस्पतालले गरेकाे छ ।प्रसुति सेवाका लागि भर्ना भएका गर्भवती महिलाहरुको सम्पूर्ण परीक्षण गरी निरन्तर चिकित्सक आवश्यक नपर्ने अवस्थामा मात्रै स्वीट रुपममा लगिने छ । स्वीट रुममा प्रसुती हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन् । सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुने डा. तिवारीले बताउनुभयो । आमालाई पनि सहज हुने गरी सुविधा दिईएको डा. तिवारीको भनाई छ ।

विगतमा बच्चाको मुटुको चाल, आमाको स्वास्थ्यको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम लगाउनु पर्ने अवस्था छुट्याएर सम्बन्धित ठाउँमा लैजाने गरिएको भन्दै उहाँले भन्नुभयो “नौ महिनासम्म गर्भ परीक्षण गर्दा सामान्य भएका र अस्पताल भर्ना हुँदा बच्चा र आमाको अवस्था सामान्य भएकाहरुलाई यहाँ ल्याउँछौं ।।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.