गण्डकी र लुुम्बिनी प्रदेश जोड्ने कालीगण्डकीको राम्दीमा पक्की पुलको निर्माण शुरु

स्याङजा – गण्डकी प्रदेश र लुुम्बिनी प्रदेश लाई जोड्ने गरी स्याङजाको गल्याङ नगरपालकिा १ राम्दी स्थित कालीगण्डकीमा पक्की पुल निर्माणको काम सुुरु भएको छ ।

सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि.सं २०२८ सालमा ट्रस सहितको फलामे पुल निर्माण भएको थियो । पछिल्लो समय पुल कमजोर बन्दै गएपछी १० टन भन्दा धेरै समान बोकेका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको थियो ।
५२ बर्षअघि बनेको पुल कमजोर भएपछि नयाँ पुल निर्माण सुरु भएको पुल सेक्टर पोखराका आयोजना प्रमुख तथा इञ्जिनियर आशिक रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुशार २०८२ असार मसान्तभित्र निमार्णको काम सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सनले करीब २७ करोड ७१ लखको लागतमा निमार्णको काम अगाढी बढाएको हो ।
निर्माण हुन लागेको पुलको चौडाइ ११ मिटर तथा लम्बाइ १ सय ८ मिटर रहने छ । नयाँ बन्न लागेको पुलको भारवाहन क्षमता ४० टनसम्मको रहने छ ।

पुल बनेपछि ठुुला सवारीसाधन चल्ने भयकाले ब्यापार व्यवसायमा पनि सहज हुने स्थानीय शिवहरी अमात्यले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.