नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा

कास्की- नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विश्वकर्माका अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्ने, फर्जी विल बनाएका ट्रक, टिपर, ट्रयाक्टरलगायत सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पोखरा महानगर नगर कार्यपालिकाको जिम्मा लागाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.