पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको चासो

स्याङ्जा- प्रत्येक बर्ष सरकारले पर्यटन प्रर्वद्धनका लागि अर्बौ खर्च गरी पर्यटन क्षेत्र निर्माण गर्दै आएको देखिन्छ । सोही अनुरुप स्याङ्जाका ११ वटै स्थानीय तहले पनि पर्यटन प्रर्वद्धनका लागि केही पहल गरेका सुरु गरेका छन् । जसले गर्दा जिल्ला पर्यटकहरुका लागि थप आकर्षणको केन्द्र बन्दै गएको छ ।

नेपाल सरकारले पर्यटन प्रवर्द्धनका लागि भन्दै बिभिन्न पर्यटकीय क्षेत्रहरुलाई अध्ययन गरी दीगो बिकास तथा पर्यटकहरुलाई थप आर्कषण गर्न बिकास निर्माणलाई तीब्रता दिन थालेको छ । जसअनुरुप स्याङ्जाका बिभिन्न स्थानीय तहमा पर्यटकलाई आकर्षण गर्न धेरै घुम्नलायक ठाउँहरु निर्माण भएका छन् ।

जसमध्ये जिल्लाको बिभिन्न स्थानीय तहअर्तगत चापाकोट नगरपालिकामा, सितलपार्क, वालिङमा बाहुनथान, पुतलीबजारमा कोल्माकोट, भिरकोटमा स्वरेक मैदान, त्यसैगरी कालीगण्डकी गाउँपालिकामा जल यातायात, फेदीखोलामा भालु पहाड लगायतका स्थानमा पर्यटक लोभ्याउने ठाउँ निर्माण भएका छन् ।

जस्ले गर्दा पछिल्लो समय बनभोज तथा घुम्नका लागि जिल्ला बाहिर जानुनपर्ने अवस्था रहेको बताउनुहुन्छ भिरकोट पार्क व्यवस्थपक कृष्ण अर्याल ।

स्थानीय क्षेत्रमा बिषेशगरी आर्थिक समृद्धिका लागी पर्यटककै प्रमुख भूमिका रहने शित्तलपार्क ब्यवस्थापन समितीका अध्यक्ष बिकास भट्टराईको भनाइ छ ।

जिल्लामा जति पनि पर्यटनका लागि संरचना बनेका छन् त्यहाँसम्म पुग्नका लागि सहज यातायात र खानेपानी पुगेको भएपनी पर्यटक बस्नका लागि आवश्यक संरचना निर्माण नहुँदा बाह्य पर्यटक रमाउन सकेका छैनन ।

त्यसैले जिल्लामा पर्यटन प्रवर्द्धन गरी युवा स्वरोजगार बनाउन पहल भईरहेको बताउनुहुन्छ पुतलीबजार नगरपालिकाका प्रमुख तुल्सीराम रेग्मी ।

पर्यटन प्रर्वद्धनका लागि सरकारले चालेका काम स्वागतयोग्य नै देखिन्छ । आन्तरिक पर्यटकको भन्दा बाह्य पर्यटकका लागि उचित व्यवस्थापन गर्न सक्ने हो भने स्थानीयस्तर एवं सरकारलाको समेत आयस्तर बढ्ने देखिन्छ । बाह्य पर्यटक आर्कषणका लागि बिशेष पहल गर्न सक्ने हो भने जिल्लामा पर्यटकको घुईंचो बढ्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.