धादिङमा “सुन्ताला खाँउ बीउ देउ” कार्यक्रमको शुरूवात
धादिङ- धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकामा “सुन्ताला खाउ बीउँ देउँ” भन्ने कार्यक्रमको शुरूवात भएकाे छ । दक्षिणी दुम्लीङ्गलाई सुन्ताला पकेट क्षेत्रको रुपमा विकास गर्नका लागी स्थानीय तहले काम सुरु गरेको हाे । यस अन्तरगत स्थानीय तहले गाउँमा उत्पादन भएको केही सुन्ताला खरीद गरिदिने र सुन्ताला खाए पछी त्यसको विज संकलन सुरू गरेको हो । यसरी संकलन गरेको विजबाट माटो र हावा- पानि सुहाँउदाे अनुकुल वातावरणमा सुन्तालाको विरुवा नर्सरी गरी किसानहरुलाई नै वितरण गरिने तयारी छ ।
अमिलो जातको फलफुल बालीमा बाँदरले समेत दुःख नदिने भएकोले यस्तो फलफुल उत्पादनमा जोड दिनका लागी सुन्ताला, कागती र निवुवाको बिँउ संकलन सुरु गरेको बेनीघाट रोराङ्ग गाउँपालीकाका अध्यक्ष कृष्णबहादुर थपलियाले बताउनु भयाे ।
सुन्तालामा विभिन्न रोगका कारण बोटै मर्दै जान थालेको र उत्पादन कम हुन थाले पछि सो क्षेत्रमा स्थानीय तहले लगानी गरी सुन्ताला पकेट क्षेत्रको रुपमा विकास गर्न लागेको हो ।
स्थानीय रुपमा नै उत्पादन भएको विरुवा नभएका कारण माटो र हावा पानी सुहाँउदो नहुँदा सुन्तालाको बोट मर्दै जान थालेको बुझाई कृषि विज्ञहरुको छ ।
दुम्लिङ्ग चेपाङ्ग समुदायका मानिसहरुको मात्रै बसोवास रहेको स्थान भएकोले सो क्षेत्रका चेपाङ्गहरुको आयस्राेतमा सुधार लागी समेत यस्स्ता कार्यक्रम निकै प्रभावकारी हुने बुझाई स्थानीय तहको छ ।
यो कार्यक्रम यसै वर्षबाट चेपाङ्ग समुदायका मानिसहरुको मत्रै बसोवास रहेको दुम्लीङ्ग कातिके,मासखर्क,धुसेनीलगायतका स्थानमा संञ्चालन गरिने छ ।।
प्रतिक्रिया राख्नुहोस्