पूर्व गृहमन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश

काठमाडौँ- उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा आरोपित पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।

यसअघि नै उच्च अदालतका न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैँया धरौटीमा छाड्न दिएको रायलाई न्यायाधीश कोइरालाले समर्थन गरेपछि जिल्ला अदालतको आदेश बदर भएको छ ।

खाँणको विषयमा यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो ।

न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिनुभएको थियो भने अर्का न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय दिनुभएको थियो ।

दुई न्यायाधीशबीच राय बाझिएपछि उच्च अदालतले खाँणको विषयमा तेश्रो बेञ्चबाट आदेश गराउने फैसला गरेको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.