मन्त्रिपरिषद बैठकः लम्साल परराष्ट्र मन्त्रालयको सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले नेपाली सेनाका उपरथी अशोक सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।
सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुनु भएको छ । यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो ।






प्रतिक्रिया राख्नुहोस्