जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा भएका खाँण अख्तियारमा

खाँणले जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धिकरणमा १५ लाख धरौटी बुझाए

काठमाडौँ – जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाएर रिहाई हुनुभएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धिकरण विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।

जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएसँगै खाँणलाई सम्पत्ति शुद्धिकरण विभागमा लगिएको थियो । खाँणले सम्पत्ति सुद्धिकरणमा पनि १५ लाख धरौटी बुझाउनुभएको थियो । तर फेरि उहाँ विरुद्ध अख्तियारमा पनि मुद्दा रहेकोले अहिले अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ ।

यी निकायले खाँडको सम्पत्ति छानबिन गरिरहेकाले आवश्यक ठानेमा धरौटीमा र आफ्नो हिरासतमा राख्न सक्ने छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको काठमाडौँको आदेश अनुसार पुर्पक्षका लागि थुनामा रहेका खाँडलाई उच्च अदालत पाटनले विहीबार ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

खाँणलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने विषयमा गत १५ पुसमा उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको राय बाझिएको थियो । पाण्डेले धरौटीमा छाड्न हुने र खरेलले छाड्न नसकिने राय दिनुभएको थियो ।

त्यसपछि मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको तेश्रो एकल इजलासमा पुगेको हो । कोइरालाको इजलासले बिहीबार खाँणलाई धरौटीमा छाड्ने राय दिएसँग खाँणले आज जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाउनु भएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.