प्रधानमन्त्री दाहाल आज हेटौंडा आउँदै

मकवानपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउनुहुने भएको छ । हेटौंडा–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा आउन लाग्नु भएको हो ।

प्रधानमन्त्रीको साथमा उप-प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत समेत आउने मावन सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

विहान ८ बजे प्रधानमन्त्री प्रचण्डले भवन समुद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । करीब दुई विगाहा क्षेत्रफलमा फैलिएको सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल ‘मानवसेवा आश्रम’ मा हाल २ सय १५ जनाले आश्रय लिइरहेका छन् । देशभर मानव सेवा आश्रमका २४ वटा सेवा केन्द्र रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.