परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

काठमाडौँ- ‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्किनुभएको छ । गत शनिबार बिहान उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

गत आइतबारदेखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा आफूले इजरायलमा बेपत्ता भएका विपीन जोशीको रिहाइको विषयलाई गम्भीरताका साथ उठाएको मन्त्री साउदले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, समकक्षीसँगै विदेश राज्यमन्त्रीसँग कुराकानी गरेको उहाँले बताउनुभयो ।

पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “मैले कतारमा भाग लिने सन्दर्भमा नेपाली विद्याद्र्यी जोशीको रिहाइका लागि कतार सरकारले गरिरहेको भूमिकाको प्रशंसा गरेको थिएँ, त्यस क्रममा जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन थप आग्रह पनि गरेको थिएँ, त्यस सम्वन्धमा कतारका प्रधानमन्त्रीले गैरसैनिक मुक्त गर्ने सन्दर्भमा आफू आश्वस्त भएको र नेपाली बन्धकलाई पनि रिहाइ गर्ने आश्वसन दिलाउनुभएको थियो ।”

मन्त्री साउदले भन्नुभयो, “१४ र १५ डिसेम्बरमा आर्मिनियाको एरेवानमा आयोजना भएको भूपेरिवेष्टित मुलुकका मन्त्रीहरूको बैठकमा पनि म सहभागी भएको थिएँ । बैठकमा नेपालजस्ता मुलुकलाई लगानीयोग्य स्रोतको कमी भएको र व्यापार अभिवृद्धि गर्न एवं रोजगारी सिर्जना गर्न कठिन भएको विषय राखेको थिएँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.