एमालेका स्थानीय नेता कोहारको सडक दुर्घटनामा मृत्यु

नवलपरासी- नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटबाट त्रिवेणीस्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उहाँको मृत्यु भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।

अठचालिस वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.