डा.केसीको काम देश र जनताको हितमा नरहेको नेता रावलको आरोप

काठमाण्डौँ- नेकपा एमालेका नेता एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको हितमा नरहेको भन्दै त्यसको विरोधको गर्नुपर्ने बताउनु भएको छ ।

आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै नेता रावलले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय डा. केसीले भाँड्न खोजेको आरोप लगाउनु भएको हो ।

डाक्टर केसीलाई  देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न समेत गर्नु रावलले गर्नु भएको छ ।

”डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ” रावले लेख्नु भएको छ ।

गेटामा अनसन बस्न पुगेका केसीलाई दुई दिनअघि स्थानीयले लखटेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.