कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ‘वाटर वर्ड’ मेसिन जडान
जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ‘वाटर वर्ड’ मेसिन जडान गरिएकाे छ ।
कृषि विकास बैंक लिमिटेड जुम्ला शाखाकाे सहयाेगमा बैंकमा ‘वाटर वर्ड’ मेसिन स्थापना गरिएकाे हाे । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रतिष्ठानलाई पाँच लाख लागतको चिसो,तातो र मनतातो पानी आउने मेसिन हस्तान्तरण गरेको हो ।
बैंकका कर्णाली प्रदेशका प्रादेशिक निर्देशक डाक्टर सुरज टण्डनले प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतलाई तातो,चिसो र मनतातो पानी आउने ‘वाटर वर्ड’ मेसिन हस्तान्तरण गर्नुभयााे ।
जुम्लामा चिसो क्रमिक बढेसंगै मेसिनले ताताे पािन पिउँनकालागि सहयाेग पुग्ने कृषि विकास बैंक ली.जुम्ला शाखाका प्रमुख खम्बीलाल शर्माले बताउनुभयाे । अस्पताल आउने विरामीले आवश्यकताअनुसार चिसो तथा तातो पानी पिउन पाउनेछन्।
बढ्दो विरामीको चाप र चिसो मौसमलाई मध्यनजर गर्दै अस्पतालमा ५ लाखबढी लगानीको एक सय लिटर क्षामताको वाटर वर्ड मेसिन हस्तान्तरण गरिएको कृषि विकास बैंक लीमिटेड कर्णाली प्रादेशीक निर्देशक सुरज टण्डनले बताउनुभयाे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले प्रतिष्ठानमा अति आवश्यक रहेको मेसिन प्राप्त भएसंगै सहयाेग पु्र्याएकाे बताउनुभयाे ।।
प्रतिक्रिया राख्नुहोस्