कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास

काभ्रे- काभ्रेको धुलिखेल–११ कल्छेवेशीमा कल्छेवेशी सिंचाई आयोजनाको शिलान्यास गरिएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत विनियोजित २५ लाख रकमबाट उपभोक्ता समितिमार्फत निर्माण हुने सिंचाई आयोजना मन्त्री तीर्थ लामाले शिलान्यास गर्नुभएको हो ।

कल्छेवेशी घट्टेखोला कुलो मर्मत तथा निर्माण सिंचाई जल उपभोक्ता समितिमार्फत ४ सय ३२ मिटर सिंचाई कुलो निर्माण हुने जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय काभ्रेका प्रमुख विनय पौडेलले जानकारी दिनुभयो । यसअघि वडा कार्यालयमार्फत ६ लाखको लागतमा १ सय २० घरधुरी लाभान्वित हुने २ सय मिटर कुलो निर्माण भइसकेको छ ।

तरकारीको पकेट क्षेत्रको रुपमा रहेको कल्छेवेशीमा निर्माण हुने सिंचाई कुलोले यहाँको तरकारी उत्पादनमा बृद्धि गर्ने भएकोले स्थानीयहरु खुशी भएका छन् ।

प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.