लुम्बिनीमा बिषयगत समितिको सभापति चयन गर्न निर्वाचन हुने

दाङ- लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति निर्वाचन प्रक्रियामार्फत चयन गरिने भएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

लुम्बिनीमा ६ वटा विषयगत समिति छन् । सबै समितिको सभापती चयन गर्न पुस १६ गते विहान १० बजे देखी वेलुका ५ बजे सम्म मनोनयन दर्ताको समय दिइएको छ ।

प्रदेशमा प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावारण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, सार्वजनिक लेखा समिति छन् । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन भएका थिएनन् ।

समितिको बैठक बस्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरिएको थियो । ६ वटा विषयगत समितिमध्ये दुई वटा समितिको सभापति प्रतिपक्ष दल एमालेलाई दिने लगभग सहमति भएको र बाँकी चारवटा सभापति पदको सत्तपक्ष दलबीच सहमति गर्ने तयारी भएको कांग्रेस संसदीय दल सचेतक निमा गिरीले जानकारी दिनुभयो ।

एमालेलाई सार्वजनिक लेखा समितिको सभापति र कृषि, वन तथा वातावरण समितिको सभापति दिने लगभग निश्चित भएको छ । प्रदेशसभामा रहेका अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति सत्तापक्षले बाँडफाँड गर्ने स्रोतले जनाएको छ ।

बिषयगत समिति नेतृत्व विहिन हुदा सरकारको निगरानी र अनुगमको काम फितलो भएको थियो । अधिवेसन अन्त्य र नयाँ अधिवेसन आह्वान नहुँदाको विचको समयमा विषयगत समिति सक्रिय हुनुपर्ने भएपनि नेतृत्व चयन नहुँदा बैठक समेत बस्न सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.