अछाममा जिप दुर्घटना हुँदा १४ जना घाइते

अछाम-  मध्यपहाडी लोक मार्ग अन्तर्गत अछामको मंगलसेन नगरपालिका वडा नम्बर ७ मा जिप दुर्घटना हुँदा १४ जना घाईते हुनुभएकाे छ ।

बाजुरा बाट सुर्खेतका लागी छुटेको भे १ च २५७६ नम्बरको जिप मध्य पहाडी लोक मार्गमा  दुर्घटना भएकाे हाे । घाईते हुनेमा हुम्ला निवासि गाडी चालक काबु लामा,  प्रिन्स फडेरा, प्रतिज्ञा फडेरा र रत्न फडेरा हुनुहुन्छ ।

यस्तै  अन्य घाइते हुनेमा  पुर्णबहादुर रावल,  कुशे कार्की,  रामसिला फडेरा ,रुपा कार्की,  दिब्या रावल,  धर्म फडेरा, मैना रावल, रंजिता रावल, हिराजन कार्की, र नम्रता फडेरा हुनुहन्छ ।

गाडी चालक काबु लामा सामान्य उपचार पछी प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटना बारे थप अनुसंन्धान भैरहेको अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताउनुभयो ।

घाईते मध्यका ४ वर्षीय प्रिन्स फडेरालाई सुर्खेत रिफर गरिएको र अन्य घाईते हरुको उपचार जिल्ला अस्पताल अछाममा भै रहेको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रबि यादवले जानकारी दिनुभयाे। ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.