राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको सरकारलाइ निर्देशन

काठमाडाैं – संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल शेयर खरिद विक्री छानबिन समितिको प्रतिवेदनलाई समेत आधार बनाई प्रचलित कानुन बमोजिम उसले राज्यलाई तिर्नुपर्ने बुझाउनुपर्ने कर र गैरकर असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज एनसेल खरिद विक्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

त्यस्तै समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म यसको सेयर कारोबार कुनै पनि स्वीकृत तथा सहमति नदिन पनि सरकारलाई निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिनु भयो ।

समितिले दूरसञ्चार ऐन र नियमावली समयसापेक्ष ल्याउन बनाउन सरकारलाई निर्देशन दिनुका साथै २०८६ मा एनसेललाई सरकारको मातहतमा ल्याउन पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

त्यसअघि समितिमा भएको छलफलको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिदबिक्री अस्वभाविक रहेको बताउदै अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि आवश्यक कदम चालिने बताउनु भयो । प्रधानमन्त्रीले एनसेल प्रकरणमा कतै, कसैबाट कानुन विपरितका काम कारबाही भए गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.