रुसी सेनामा कार्यरत थप १ जना नेपालीको मृत्यु

काठमाडौँ –    रूसी सेनामा कार्यरत थप एक जना नेपाली नागरिकको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालय आज एक विज्ञप्ति मार्फत राहादानी नम्बर ०९४७३६३२ भएका नेपाली नागरिक कुन्दन सिंह नागलको निधन भएको पुष्टी गरेको हो । यो सँगै रुसी सेनामा गएका ७ नेपालीले ज्यान गुमाएका छन् ।

मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन:अनुरोध गरेको छ।

त्यसै गरी मन्त्रालयले युक्रेनमा बन्दी भएका बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन रिहाइ गर्न कुटनीतिक पहल भइरहेको जानकारी गराएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.