रुसी सेनामा कार्यरत नेपाली नागरिकको मृत्यु

रुसी सेनामा कार्यरत अर्का एकजना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल नेपाल फर्काउन रुसी राजदूतमार्फत रुसी सरकारलाई पुनःअनुरोध गरेको परराष्ट्र मन्त्रालयले एक एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ । यसै गरि युक्रेनमा बन्दी बनाइएका चारजना बन्दीका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्रले बताएको छ ।
बर्दिया राजापुर–१ का विवेक खत्री, मण्डनदेउ–६, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ–२, मोरङका विकास राई र रून्तिगढी–८ रोल्पाका प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्