पैदल हिड्दा लडेर पाल्पामा ७१ वर्षीय खाम्चाको मृत्यु

पाल्पा- पूर्वी पाल्पाको निस्दी गाउँपालिका ५ गल्धामा लडेर एक वृद्धको मृत्यु भएको छ । निस्दी–४, खोप्लाक बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चाको मृत्यु भएको हो ।

बुधवार राति १० बजे ढुङ्गानावेशी बाट पैदल घर फर्किने क्रममा बाटोबाट चिप्लिएर ८ मिटर तल खस्दा खाम्चा गम्भीर घाइते हुनुभएको थियो ।

घाइते खाम्चालाई उपचारको लागि रामपुर अस्पताल लगिएको थियो । थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको थियो ।

खाम्चाको आज विहान ७ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.