काँग्रेस मधेश प्रदेश सम्मेलन शुरु : देउवा प्रमुख अतिथि, शेखर कोइराला अनुपस्थित

काठमाडौँ- नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ ।

भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् ।

स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो ।
सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनुहुन्छ ।
मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।
सम्मेलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका सभापति यादवले बताउनुभयो ।

 

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस मधेश प्रदेश सम्मेलनमा सहभागी हुन आजै जनकपुर जानुभएको हो।

सम्मेलनमा पार्टीका बरिष्ठ नेताको रुपमा दोश्रो वरियतामा डाक्टर शेखर कोइरालालाई नराख्ने भएपछि कोइराला भने आज सुनसरीस्थित इनरुवाको कार्यक्रममा सहभागी बन्नु भएको छ ।

डा कोइरालालाई दोश्रो वरियतामा राख्ने वा नराख्ने भन्ने विषयमा काँग्रेस मधेश प्रदेश समितिमा मत बाझिएको थियो । तर प्रदेश सभापतिले बरिष्ठ नेताको रुपमा निमन्त्रणा नगर्ने निर्णय गरेपछि कोइराला आज कार्यक्रममा नै सहभागी हुनुभएन ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेशमा भने कोइरालालाई बरिष्ठ नेताको रुपमा कार्यक्रममा आमन्त्रण गरिएको थियो ।

काँग्रेसले प्रदेश र जिल्लास्तरीय सम्मेलनहरु गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.