नवनियुक्त ६ जना न्यायाधीशहरुद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं- सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.