लुम्बिनी विश्वविद्यालयको परीक्षा “घरदैलो निकट” बिधिबाट सञ्चालन (भिडियो रिपोर्ट)

रुपन्देही- कोरोना महामारीले शिक्षा क्षेत्र ठप्प भैरहँदा लुम्विनी विश्वविद्यालयले भने घरदैलो निकट बिधिबाट परीक्षा लिन शुरू गरेको छ ।

महामारी, लकडाउन र निषेधाज्ञाका कारण दुइपटकसम्म स्थगित भएको परीक्षा पूर्ण स्वास्थ्य साबधानी अपनाएर पुरानै बिधिबाट सञ्चालन गरिएको हो ।

विश्वविद्यालयले स्नातकोत्तर र स्नातक तहको वार्षिक परीक्षा बिद्यार्थीकै उपस्थितिमा पुरानै विधिबाट सञ्चालन शुरू गरेको छ ।

दुईपटकसम्म परीक्षा रोकिँदा शैक्षिक सत्र नै प्रभावित हुने र विद्यार्थीको भविश्य अनिश्चित बनेपछि स्वास्थ्य मापदण्ड पालना गरेरै परीक्षा लिने निर्णय विश्वविद्यालयले गरेको थियो ।

यसका लागि विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा शुरु गरिएको लुम्बिनी विश्वविद्यालयका रजिष्टार डाक्टर तिलक आचार्यले जानकारी दिनुभयो ।

विश्वविद्यालयले २ मिटर भन्दा बढी दुरीमा विद्यार्थी राखेर, आवश्यक ठाउमा अरू क्याम्पसको सहयोग लिएर आइतबारदेखि परिक्षा लिइरहेको छ ।

परीक्षामा सहभागीलाई मास्क, सेनिटाइजर र पन्जा विश्वविद्यालयले नै दिएको छ ।

स्वास्थ्य चेक जाँचका लागि दैनिक स्वास्थ्यकर्मी खटाइने गरिएको छ । रुपन्देहि, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्रहरु तोएिएका केन्द्राध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो ।

हुम्लाका एक जना विद्यार्थीकै लागि हुम्ला मै मानसरोबर बहुमुखी क्याम्पसमा छुट्टै केन्द्र तोकिएको छ ।

हुम्लामा प्रश्नपत्र इमेलमार्फत पठाइएको थियो । उत्तरपुस्तिका समेत इमेलबाटै विश्वविद्यालयमा आएको छ ।

रुपन्देहीमा पाँचसहित ८ परीक्षा केन्द्र तोकिएका छन । परीक्षामा कुल दुई सय बढी विद्यार्थी सामेल छन् ।

घर पायक पर्ने केन्द्रमा परीक्षा दिन पाउँदा विद्यार्थीहरू पनि खुशी नै देखिन्छन ।

विद्यार्थीको सेमेष्टर नोक्सान हुन नदिन विश्वविद्यालयले नमूना शैलीमा परीक्षा गरेको हो ।

स्नातक तहमा कानून, बुद्धिज्म, भोट विषयमा विहान ७ बजेवाट १० बजेसम्म परीक्षा शुरु भएको छ ।

यी परीक्षा लगत्तै बिबिटिटिएम र अन्य परीक्षा लिने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.