प्याजको मुल्य आकासियो, २१० मेट्रिक टन प्याज जोगबनी भन्सारमा रोकियो

मोरङ- भारत सरकारले प्याज निर्यात रोकेपछि प्याजको मुल्य आकाशिएको छ । एक साताअघि भारतको नासिकस्थित थोक बजारमा नै प्रतिकिलो १२ भारतिय रुपैया रहेको प्याजको मुल्य अहिले ४८ भारु पुगेकेाले मुल्य बढेको थोक विक्रेताहरुले बताएका छन् । नेपाल सरकारले कृषि सुधार शुल्क ५ प्रतिशतबाट बढाएर ९ प्रतिशत पुर्‍याएका कारण पनि प्याजको मुल्य बढेको उनीहरुको भनाई छ ।

भारतले प्याज निर्यात रोकेपछि विराटनगरका प्याज आयातकर्ताहरुको ७ वटा ट्रकमा रहेको करिब २ सय १० मेट्रिक टन प्याज सिमावर्ती जोगबनी भन्सारमा रोकिएको छ । भारतको नासिकबाट ल्याइएको प्याज भन्सार नाकासम्म पुगिसकेकाले आयातका लागि पहल गरिदिन थोक विक्रेताहरुले सरकारसँग आग्रह गरेका छन् ।

गत आर्थिक वर्ष भारतबाट विराटनगर भन्सार कार्यालय भएर ४ हजार ६ सय ४७ मेट्रिक टन प्याज आयात भएकोमा यस आर्थिक वर्ष भदौ २४ गतेसम्म १ हजार ६ सय मेट्रिक टन प्याज आयात भएको विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत शिव भण्डारीले जानकारी दिनुभयो ।

भारतबाट प्याज ल्याउन रोक लागेपछि थोक विक्रेताहरुले चीनबाट प्याज ल्याउने तयारी शुरु गरेका छन् । चीनबाट विराटनगरसम्म प्याज ल्याउन बढीमा २० दिन लाग्ने र चीनिया प्याज आएपछि प्याजको मुल्य घट्ने थोक विक्रेताहरुले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.