क्रिकेटर लामिछाने जबर्जस्ती करणीको कसुरमा दोषी ठहर

काठमाडौँ – जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई जबर्जस्ती  करणीको कसुरमा दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज आदेश सुनाउँदै लामिछानेलाई जबर्जस्ती करणी कसुरमा दोषी ठहर्याएको हो ।

उनलाई हुने सजायका सम्बन्धमा सजाय निर्धारण गर्न सजायपूर्वको प्रतिवेदन पेश गर्न इजलासले आदेश दिएको छ ।

अदालतले पीडित भनिएकी गौशला-२६ लाई भने नाबालिक नरहेको ठहर गरेको छ। विभिन्न कार्यालयमा देखिएको तथ्यांकबाट पीडित नाबालिग नरहेको अदालतले ठहर गरेको हो।

काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको आदेशमा उल्लेख छ।

गाैशला २६ को जाहेरीले नेपाल प्रहरीले गत २०७९ कार्तिक १४ मा लामिछाने विरुद्ध नावालिकालाई जर्बजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.