सौरहाका होटल भोलिदेखि सञ्चालन हुँदै
चितवन- लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल भोलिदेखि सञ्चालनमा आउने भएका छन् ।
सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै स्थानीय व्यवसायीहरुले होटेल संचालनको तयारी थालेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराइले अनुसार कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालिएको जानकारी दिनुभयो ।
होटल मात्र खुलेर नहुने भन्दै उहाँले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि आग्रह गरिएको पनि बताउनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्