बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगरका सबै उडान रद्द
मोरङ- बाक्लो हुस्सु र कुहिरोका कारण हवाई उडान र अवतरण प्रभावित भईरहेको बेला यो वर्ष दोश्रो पटक विराटनगर विमानस्थलबाट सबै उडान रद्द भएको छ ।
सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिने भएपनि बाक्लो हुस्सुका कारण उडान र अवतरण प्रभावित हुदै आएको थियो ।
बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेपछि सबै उडान रद्द गरिएको यति एयरलाइन्सका एक्ज्युकेटिभ मेनेजर प्रेम कुँवरले जानकारी दिनुभयो ।
राजधानी काठमाण्डौका लागि विराटनगरबाट दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाईन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरु हुने गरेकेा छ ।
विराटनगरबाट दैनिक करिब १ हजार हवाई यात्रुहरुले सेवा लिदै आएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण एयरपोर्ट नखुलेकाले सबै फ्लाईट रद्द भएपछि हवाई यात्रुहरुले अनावश्यक झंझट व्यहोर्नु परेको छ ।
प्रतिक्रिया राख्नुहोस्