गोरखाबाट भारतको गोरखपुरमा खिचडी पठाइयो
गोरखा- गोरखाबाट भारतको गोरखपुरको गोरक्षनाथ मन्दिरमा चढाउन खिचडी पठाइएको छ । आज विहान बाजागाजा सहित खिचडी लिएर गोरखाबाट यात्रा शुरु भएको हो ।
आज साँझसम्म खिचडीसहितको टोली भारतका गोरपुर पुगेर खिचडी चढाएर फर्कने गोरखनाथ आश्रमका अध्यक्ष होम सिं बस्न्यातले बताउनुभयो ।
माघ १ गते गोरखपुरको गोरक्षनाथ मन्दिरमा नेपालबाट पठाइएको खिचडी चढाउने प्रचलन रहेको उहाँको भनाई छ । करिव २० बर्षदेखि रोकिएको परम्परालाई यस वर्षबाट निरन्तरता दिएको र यसले धार्मिक पर्यटक भित्र्याउन सघाउ पुग्ने उहाँको भनाइ छ । भारतको गोरखपुरमा खिचडी चढाएपछि जात्रा शुरु हुने प्रचलन रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्