पहिरोको जोखिममा परेका खनियाँबासका स्थानीयको गुनासो (भिडियो)

धादिङ- गाँउ र वस्ति नै पहिरोको जोखिममा परेपछि उत्तरी धादिङस्थित खनियाँवास गाउँपालिकामा पर्ने धार्नाका स्थानीयहरुले पहिरो रोकथामका लागि सरकारसँग आग्रह गरेका छन्।

२०४९ सालदेखि विस्तारै खस्न सुरु भएको पहिरो २०७२ सालको भुकम्पपछि बढेको र यसवर्षको वर्षामा त झनै पहिरो खसेको भन्दै स्थानीयहरु त्रसीत बनेका हुन ।

दार्खास्थित धार्नागाँउको तलमाथि दुबैतिरबाट पहिरो खस्न सुरु गरेको छ।

त्यहाँका स्थानीयहरु दिनको समयमा घरमा बस्ने र रातको समयमा अन्यत्र बस्न जाने गरेको गुनासो गर्छन ।

भुकम्पपछि पनि पटक पटक यो ठाँउको भु–बनोटको अवस्थाका बारेमा जाँचबुझका लागि विज्ञहरु आएको तर कुनै समाधानको बाटो ननिस्केको उनीहरुको गुनासो छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.