प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुङ्ग्याउन निर्देशन दिनुभएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू,नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजन नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिनुभएको हो । ‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यो नभएको’ उहाँको भनाइ थियो ।

प्रहरी समायोजनमा भएको ढिलाइले प्रदेशका काम प्रभावित भएको र यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजन प्रक्रिया टुङ्ग्याउन निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.