अनुसन्धान केन्द्रले उत्पादन गरेको बिउ विक्री गर्न समस्या

धनकुटा– कृषि अनुसन्धान केन्द्र पाख्रिवासले विभिन्न अनुसन्धानसँगै गुयास्तरीय बिउ समेत उत्पादन गर्ने गरेको छ । विभिन्न समस्याका बावजुद पनि केन्द्रले बिउ उत्पादनलाई निरन्तरता दिइरहेको छ । तर, केन्द्रलाई उत्पादन गरेको बिउ बिक्रि गर्न निक्कै समस्या पर्ने गरेको छ । कृषि अनुसन्धान केन्द्रले यो वर्षलाई लक्ष्यित गरि करिव साढे ४ टन गुणस्तरीय गहुको बिउ उत्पादन गर्यो । तर, उत्पादन भएको मध्ये आधा मात्र गहुको बिउ खपत भयो भने आधा केन्द्रमै थन्किएको छ ।

अहिले केन्द्रले उत्पादन गर्ने मकै बाहेक साग, मुला, मुसुरो, लगायत विभिन्न बालिको मुल बिउको अवस्था उस्तै छ । जति उत्पादन गर्छ त्यति बिक्रि हुने अवस्था छैन । गत वर्षसम्म यसै गरी थुप्रिने मकैको बिउ यो वर्ष भन्ने उत्पादन भएजति बिक्रि भएको कृषि प्राबिधिक सविन विश्वकर्माको भनाई छ ।

तर, करिब पाँच वर्ष अघिसम्म अवस्था फरक थियो । अहिले उत्पादन भएको गहुको दोब्बर बिउ उत्पादन गर्दा पनि केन्द्रलाई बिउको माग धान्न मुस्कील हुन्थ्यो। बिउको लागि आएको विभिन्न जिल्लाका कृषि बिकास कार्यालय तथा समुहहरु बिउ अभावमा रितै फर्कनुपर्ने अवस्था थियो ।

देशमा आएको संघियतासँग बनेका स्थानीय तहहरुसँग समन्वय अभावका कारण बिउ बिक्रि हुन छाडेको कृषि अनुसन्धान केन्द्र पाख्रिवासले जनाएको छ । आफुहरुले प्रत्येक आफ्नो कार्यक्षत्रमा पर्ने १० वटा जिल्लाका सबै स्थानीय तह र कृषि ज्ञान केन्द्रलाई बिउको बारेमा पत्राचार गरेपनि ती स्थानीय तहले कुनै चासो नदिएको कार्यालय प्रमुख बरीष्ठ बैज्ञानिक तिर्थराज रिजाल बताउनु हुन्छ ।

केन्द्रले उत्पादन गरेको बिउ विभिन्न प्रयोग पछि सिफारिस गरिने भएकाले गुणस्तरीय र शुद्ध हुन्छ भने मुल्यमा पनि एकरुपता हुन्छ । तर, बाहिर उत्पादन भएका बिउ गणस्तरीय नहुने, मिसावट युक्त हुने लगायतका समस्या हुने गरेका छन् । त्यसो त पहिले केन्द्रले उत्पादन गरेको गुणस्तरीय बिउको प्रचारप्रसार गरि कृषकसम्म पुर्याइदिने जिल्ला कृषि विकास कार्यालय अहिले कृषि ज्ञान केन्द्र भएको छ ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयको अधिकार अहिले स्थानीय तह अन्तरगतको कृषि शाखासँग छ । कृषि ज्ञान केन्द्रको अधिकार भने प्रदेश सरकारले किसानलाई दिएको अनुदान वितरण गर्ने मात्रै रहेको तथा बिउ बिजन सम्बन्धी स्थानीय तहको कृषि शाखामा रहेको को कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताउनु भयो ।

हरेक स्थानीय तहहरुले अहिले पनि बिउ वितरणको कार्य त गर्ने गरेका छन् । तर, उनीहरुले अनुसन्धान केन्द्रको बिउ प्रयोग नगरी बाहिरैबाट ल्याएर वितरण गर्ने गरेका छन् । जसका कारण एकातिर बिउ गणस्तरीय नहुने, मिसावट युक्त हुने लगायतका समस्या कृषकले भोग्न बाध्य छन् भने अर्कोतिर गुणस्तरीय बिउ उत्पादन गर्ने केन्द्रका बिउ भने गोदाममै थन्किन बाध्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.