बेनी–कोरला सडकको कामलाई समयमै पुरा गर्छौँ : मन्त्री ज्वाला

म्याग्दी- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डकोस्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री ज्वालाले सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर निरीक्षण गर्नुभएको हो ।
कालिगण्डकी करिडोर अन्तरगत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानीसम्म पुगेर निर्माणधिन अवस्थाको सडकमा देखिएका समस्यालाई पन्छाएर समयमै योजना सम्पन्न गर्न आफुले पहल गर्ने बताउनुभएको छ ।
उहाँले काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने बताउदै कालिगण्डकी करिडोर सरकारको प्राथमिकताको योजना भएको बताउनुभयो ।
मन्त्री ज्यालाले सडकलाई दिगो र सुरक्षित बनाउन आयोजनाले प्रस्ताव गरेको भिरकाटेको सुरूङमार्गको समेत अनुमगन गर्नुभएको छ । कालिगण्डकी नदीको कटानले साँधुरिएकाले आयोजनाले ३ सय ८४ मिटर लामो सुरुङ बनाउने प्रस्तावलाई अगाडी बढाउने मन्त्री ज्यालाको भनाई छ । सुरुङ बनाउन करिब ८८ करोड लागत सहित डिपिआर समेत आयोजनाले स्वीकृतिका लागि अगाडी बढाएको छ ।
उहाँले सडक विभाग,बेनी–जोमसोम–कोरला सडक योजनाका प्रतिनिधिलाई लिएर अनुगमनमा आएका मन्त्री ज्यालालाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितको टोलीले स्वागत तथा सडकखण्डका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
कालीगण्डकी करिडोरको म्याग्दी खण्डको रघुगंगा गाउँपालिका–२ बैसरीखण्ड र अन्नपूर्ण गापा–२ र ३ वडा क्षेत्रमा पहिरो, कमजोर भुगोलका कारण बर्खाको समयमा बाढीपहिरोले सताउने गरेको योजना प्रमुख धुब्र झाले बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्