मोटरसाइकल दूर्घटनाः एमबीबीएसमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु

पर्सा- वीरगञ्जमा मोटरसाइकल दूर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थितजिल्ला आयुर्वेद अस्पताल नजिकैको सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययन गर्ने दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।

वीरगंजको भिष्वाबाट भेडियाहीतर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको र अनियन्त्रित भई सो दुर्घटना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

दुर्घटनामा वीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत धनुषाका सुमित यादव र बारा सुवर्णपुरका संजित यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.