रसुवा कोरोना संक्रमित शून्य जिल्ला बन्यो

रसुवा– देशैभर कोभिड–१९ संक्रमणका बिरामीहरुको संख्या बढिरहेको समयमा हिमाली जिल्ला रसुवा भने कोरोना सक्रिय बिरामी मुक्त जिल्ला बनेको छ । सदरमुकाम धुन्चेको आइसोलेसन उपचारत एक महिलाको पछिल्लो स्वाबको नतिजा नेगेटिभ आए सँगै जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

सक्रिय संक्रमित बिरामी सहित परीक्षण भएका सबै स्वाबको नतिजा नेगेटिभ आए पछि रसुवा जिल्ला कोभिड–१९ संक्रमित सक्रिय बिरामी मुक्त बनेको हो ।

कोरोना जितेर डिस्चार्ज हुने पछिल्लो महिला सहित रसुवामा हालसम्म बीस जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । पछिल्लो समय रसुवा जिल्ला कोरोना संक्रमित सक्रिय हुदाँ सतहतरौ जिल्ला बन्न पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.