थप तीन हजार शहीद घोषणाको प्रक्रियामा – प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले शहीद घोषणा गर्न छुट भएका करिब ३ हजार जनालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाएको बताउनु भएको छ ।

शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको बताउनुहुँदै छुट तीनहजार जनालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढेको जानकारी गराउनु भएको हो ।

माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई पनि छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको प्रधामन्त्री प्रचण्डले बताउनु भयो ।

‘झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहीँ  क्याविनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ र  अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढीसकेको छ । त्यसो गर्दा अर्को ३ हजार छुट भएका शहीदहरु पनि राष्ट्रिय सहिदमा घोषणा, दर्ता भइनै सकेको छ। त्यहाँ अव हामी दुविधानमा बस्नुपर्दैन । म सबै सहिद र बेपत्ता परिवारका सदस्यहरूलाई पनि भन्न चाहन्छु– यो निर्णय आफैंमा सामान्य निर्णय होइन। यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ। युद्धलाई सम्मानित गरेको छ” प्रधानमन्त्री प्रचण्डले भन्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको भन्दै यसको सशक्त प्रतिवाद गर्न आग्रह गर्नु भयो ।

”कति लाजमोर्दो भयो हाम्रो स्थिति, १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, षडयन्त्रकारी आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौँ । १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ । तर हामीलाई प्रतिवाद गर्ने जागर पनि छैन, न लेख्ने न बोल्ने? हिजो भए हामी सहन्थ्यौँ त ? के गर्थ्यौँ हिजो भए ? कस्तो प्रतिवाद गर्थ्यौँ ? कसरी गर्थ्थौ ? हाम्रा महान शहीदको अपमान सहन सक्दैनौँ भनेर मुठी उठाएर बोल्न किन आँट आएन ? किन जोस आएन ? भन्दा हामी हाम्रो उदेश्य प्रति कहि न कहि धेरै उदाससिन भएका छौ ।  ती राष्ट्रिय महान् सहिद हुन् भनेर देशभर कार्यक्रम गर्न केले रोक्छ ? प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्नुभयो  ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.