संसद्को हिउँदे अधिवेशन प्रारम्भ: प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत

काठमाडौँ – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु  भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।

बैठकमा प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभाबाट आएका विद्युतीय व्यापार सम्बन्धी विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी २०८० पेश भए ।

संघीय संसद्का कार्यबाहक महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ती विधेयक प्रतिनिधि सभामा पेस  गर्नु भएको हो ।

यस्तै बैठकमा आर्थिक कार्यविधि वित्तिय उत्तर दायित्व पहिलो संशोधन अध्यादेश २०८० पेश भएको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले वेपत्ता र सत्य निरुपण आयोगको कार्य अवधि २०८१ असार म्याद थप गर्ने आदेश पेश प्रतिनिधिसभा पेश गर्नु भयो ।

यस अघि बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.