व्यवसायिक हितसँगै सामाजिक कार्यमा डोकोको सहभागिता महत्वपुर्ण

काठमाडाै‌- कुनै जमाना थियो अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेटन गारो थियो तर अहिले नेपाली बोलेरै अस्ट्रेलियामा हरेक क्षेत्रमा सेवा र सुविधा प्राप्त हुने दिन आउन थालेको छ ।
हरेक क्षेत्र र व्यवसायमा नेपालीको उपस्थिति बलियो बन्दै गर्दा एडिलेडलाई मुख्यालय बनाएर नेपालको पर्यटन प्रवर्धनको लक्ष्य बोकेको डोको ट्राभलले छोटो समयमै आफ्नो नाम अनुरुपको पहिचान कायम गर्न सफल भएको छ ।
नेपाली खेल क्षेत्रदेखि सांगितिक क्षेत्रसम्म आफ्नो सहयोग र सदभाव बनाएको डोकोले सन २०२० मा स्थापना भएर व्यवसायिक प्रवद्धनदेखि सामाजिक क्षेत्रमा समेत उल्लेख्य सद्भाव कायम गर्न सफल भएको छ ।

नेपाल महोत्सवको यात्रा सहयोगिदेखि स्थानिय क्रिकेट क्लबको प्रायोजकका रुपमा डोको ट्राभलले आफुलाई उभ्याउदै सामाजिक दायित्वकाे भुमिकामा अब्बल दर्जामा उभ्याउन सफल भएको छ । सांगितिक क्षेत्रमा नेपथ्यदेखि १९७४ एडीजस्ता अब्बलदर्जाका ब्यान्डसँग पनि यस समन्वय गर्दै आएको छ । स्थापनाकाे तीन वर्षको समयमै बिस हजार सेवाग्रहीहरुलाई सेवा र सुविधा प्रदान गर्न सफल भएकाे कार्यकारी निर्देशक विजय पौडेल क्षेत्री बताँउनुहुन्छ ।
हामीले मुलुकको पर्यटन प्रवर्धनमा नेपालको होलिडे प्याकेजदेखि गन्तब्यको उपयुक्त पहिचानगरी प्रचार अभियान समेत चलाएका छौ,जसवाट कयैन अस्ट्रेलियनहरु नेपाल पुगिसकेका छन- पाैडलले बताउनुभयाे ।
अहिले अस्ट्रेलियाका बिभिन्न शहरमा फैलिएको डोको ट्राभलले नेपालमा पनि आफ्नो कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । यस बाहेक डोकोले अशक्त ,बृद्ध बृद्धा अनि फरक क्षमता भएका व्यक्त्तिहरुलाई समेत बिशेष सहुलियत सहितको सेवा र सुविधा प्रदान गर्ने जनाएको छ ।

डोकोले टुुर गाइड , आवश्यक नर्सिङ सेवा समेतको सुविधा पनि ट्राभलले उपलब्ध गराउँदै आएको छ । छोटो समयमा आवश्यक र महत्वपुर्ण सेवा प्रदान गरेकै कारण यो एडिलेडमा मात्र नभइ अस्ट्रेलिया भर पनि सबैको भरपर्दाे बनेको एनआरएनका अभियन्ता राज थपलिया बताउँनुहुन्छ । पर्थ निवासी थपलिया भन्नुहुन्छ – सेवा प्रदान सबैले गर्छन् तर गुणस्तरिय सेवासंगै  सामाजिक दायित्वबोधको सवालमा डोको अरु भन्दा एक कदम अगाडि छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.