यस वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार निरौला र  खड्कालाई

काठमाडौं- यस बर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको बैठकले उहाँहरुलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी तथा सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले सो पुरस्कार स्थापना गरेको हो ।

विभिन्न टेलिभिजन च्यानलमा प्रसारण भएका जोखिमपूर्ण समाचार अथवा समाचार सामग्रीहरुमध्ये उत्कृष्ट सामग्रीलाई छनौट समितिले छान्ने प्रचलन रहेको छ । पुरस्कारका लागि यस बर्ष नेपाल टेलिभिजन सहित अन्य टेलिभिजनका समेत गरी ११ वटा समाचार सामग्रीहरु प्राप्त भएका थिए ।

छनौट समितिमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नेपाल टेलिभिजन समाचार च्यानलका निर्देशक मनोहरी थापा, पत्रकार बबिता बस्नेत तथा नेपाल टेलिभिजन पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका उपाध्यक्ष बेन्जु ढुंगेल रहनुभएको थियो ।

५१ हजार रुपैयाँ राशिको सो पुरस्कार यही असोज ७ गते आयोजना गरिने समारोहमा वितरण गरिने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.