पाकिस्तानमा सम्पन्न निर्वाचनको नतिजा आउने क्रम सुरु

काठमाडौं- पाकिस्तानमा हिजो सम्पन्न आम निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ । जारी गणनामा पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको दल पीटीआई ५ स्थान सहित अगाडि देखिएको छ ।

त्यसैगरी अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफको दल पाकिस्तान मुस्लिम लिगले ४ स्थानमा विजय हासिल गरेको छ । पाकिस्तान पिपुल पार्टीले ३ स्थानमा जित हासिल गरेको छ ।

२ सय ६६ स्थानको लागि निर्वाचन भएको थियो । विवाद र हिंसाका बीच सम्पन्न निर्वाचनको परिणाम आउन ढिलो भएको छ । मत गणनालाई गति दिन निर्वाचन अधिकारीहरुले निर्देशन दिएका छन् ।

मत गणनामा भएको ढिलाईले धाँधलीको संकेत दिएको निर्वाचनका लागि अयोग्य ठहर्‍याइएका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीको प्रतिक्रिया छ । खान भ्रष्टाचार आरोपमा जेल सजाय भोगिरहनु भएको छ ।

धेरै विश्लेषकहरूले यो निर्वाचनलाई कम विश्वसनीय निर्वाचन मध्येको एक भएको बताएका छन् । खानलाई दुई वर्षअघि अविश्वासको मतमा अपदस्थ गरी पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहबाज खानलाई प्रधानमन्त्री बनाइएको थियो ।

शहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका कान्छा भाइ हुन् । यस पटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा पूर्व प्रधानमन्त्री नवाज सरिफ र अर्का पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी बीच हुने अनुमान गरिएको छ ।

निर्वाचनमा टेलिफोन सेवा र इन्टरनेट कटौती गरिएकाले सर्वसाधारणलाई मतदान केन्द्रहरु फेला पार्न कठिन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.