२४ घण्टामा मृत्यु हुने संख्या २ जनामा सीमित
काठमाडौं– नेपालमा धेरै दिनपछि कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या घटेको छ । देशभर पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबारमात्रै १६ जनाको निधन भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५० वर्षीय पुरुष र काभ्रेमा ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६४ प्रतिशतको ज्यान गएको छ ।
प्रतिक्रिया राख्नुहोस्