नामिबिया विरुद्ध नेपालको जित-फाइनल खेल्ने सम्भावना कायमै

काठमाडौँ – अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको छ । जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना कायमै रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो ।

नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन बनाउनुभयो । जान फ्रालिङ्कले ३७, जेपी केट्जेले २५, माइकल मान लिङ्गेनले १० रन बनाउनुभयो । यस्तै जान ग्रिनले अविजित २३ र रुवेन ट्रम्पलम्यानले १४ रन बनाउनुभयो ।

बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र करण केसीले दुई दुई विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

५५ रन जोड्नुभएको उहाँले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.