नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडाै- प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउन बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी भएका छन् ।
नेकपा एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयाे ।
प्रधानमन्त्री दाहालले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिनुभयाे । ।
प्रतिक्रिया राख्नुहोस्