कांग्रेस कार्यसम्पादन समितिकाे बैठक तीन बजे बस्ने

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ ।

सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उहाँले जानकारी गराउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.