प्रचण्ड,ओली र नेपालबीचको भेटवार्ता सकियो, नेपालले भने’ पार्टीमा छलफल गर्छु

काठमाडौँ-  प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल बीच भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो ।

यसअघि हिजो प्रधानमन्त्री प्रचण्ड मात्र उहाँको निवास पुग्नु भएको थियो । आज एमाले अध्यक्ष ओलीका साथै विष्णु पौडेल लगायतका नेताहरु नेपाल निवास पुग्नु भएको हो ।

नेपालसँगको भेटपछि भेटवार्ता सकारात्मक रहेको जवाफ अध्यक्ष ओलीलीले दिनु भएको छ ।

नयाँ सत्ता समीकरण बनेसँगै बामपन्थी दलहरु बीचको एकताको विषयले पनि चर्चा पाएको छ । तर बर्तमान गठबन्धनका विषयमा नेपाल नेृत्वतको एकीकृत समाजबादीले भने पर्ख र हेरको नीति अबलम्वन गरेको छ ।

उक्त पार्टीको हिजो बसेको सचिवालय बैठकले गूण र दोषका आधारमा नयाँ गठबन्धनलाई समर्थन गरिने निर्णय लिएको छ।

नेपाल निवास पुगेर ओली र प्रचण्डले नेपालको स्वास्थ्य अवस्था जानकारी लिदैँ चार दलीय गठबन्धमा सहभागी हुन र सरकारमा आउन आग्रह गर्नुका साथै बाम एकतालाई अघि बढाउने विषयमा छलफल गरेको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ । नेपालले गठबन्धनमा सहभागी हुने नहुने विषयमा पार्टीमा थप छलफल पछि निर्णय गर्ने जवाफ दिएको सचिवालयले बताएको छ।

प्रचण्ड र ओलीले नेपाललाई भेटे लग्ततै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेपाललाई भेटन कोटेश्वर पुगेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.