स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ

रौतहट- स्रोत नखुलेको नगद १० लाखसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-१ का ३५ वर्षीय देवराज अङ्ग र चालक हेटौडा उपमहानगरपालिका-१४ का २९ वर्षीया रामरती मोक्तान रहेका छन् ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं.१ स्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्र.३ ०१-०२३ च.५३८५ नम्बरको कारमा स्रोत नखुलेको एक हजार दरका दश लाख रूपियाँ लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका, प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी एलिजा गिरीले जानकारी दिनुभयो ।

नगद रकमसहित गाडीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.